१. अवार्डमा सहभागी हुनका लागि २०२५ जनवरी १ देखी २०२५ डिसेम्बर ३१ भित्र बजारमा आएका गीतरभिडियो मात्र समावेश गर्न पाइनेछ ।
२. आवेदक स्रष्टा, कलाकार वा उत्पादक हुनुपर्नेछ । आफुले सहभागी हुन चाहेकोे विधा छनौट गरी उक्त विधामा चिन्ह लगाउनु पर्ने छ ।
३. अवार्डमा सहभागी हुनका लागि स्रष्टाले प्रति गीत रु।११०० शुल्क बुझाउनुपर्नेछ ।
४. अवार्डमा सहभागी गराइएको गीत तथा भिडियोको विधामा मात्र जुरीले निर्णय गर्नेछ ।
५. अवार्डमा नीति नियमहरु आयोजक कमिटिले निर्धारण गरेबमोजिम मान्य हुनेछ भने जुरीको निर्णय अन्तिम निर्णय हुनेछ ।
६. अवार्डमा नेपालमा बोलिने विभिन्न भाषाहरुलाई सहभागि गराईने छ जसमा हिन्दी र अंग्रजी भाषालाई भने सहभागी गराईने छैन ।